सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्वस्थ भई अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएकी हुन्।
बुधबार राती झाँक्री अस्पताल भर्ना भएको बताइएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।
बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।