नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
देशका विभिन्न जिल्लामा ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४९० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १० हजार ३७५ रहेको छ ।
आज काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जना गरी उपत्यकाका तीन जिल्लामा २०२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत जानकारी दिएको छ ।