इलाममा धामीले टोकेर पत्नी र छोरीको हत्या गरेका छन् । इलामको देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले टोकेर पत्नी र छोरीको ज्यान लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामाका प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार उनले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेका हुन् ।
झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाउँदै एसपी श्रेष्ठले मङ्गलबार बिहानै कमललाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।