नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको बृद्धि भएको छ ।
आज नेप्से ८७.६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा ४ अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
बैंकिङ ३७.४, व्यापार १५.८८, होटल तथा पर्यटन ८१.८८, विकास बैंक ३०१.५, जलविद्युत् २००.८२, वित्त १७६.४९, निर्जीवन बीमा ४६७.६, उत्पादन १४३.३७, अन्य ४९.२९, लघुवित्त १२१.१२, जीवन बीमा ५३६.०१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.६७ बिन्दुले उकालो लागेका हुन् ।