मोरङको लेटाङ नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ ।
लेटाङ–९ मा आइतबार (आज) बिहान भएको उक्त दुर्घटनामा स्थानीय ५० वर्षीया अम्बिका ढकालको मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे८प १९२६ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी ढकाललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी ढकालको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको छ ।