प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।
भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो ।
तर संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको छ । असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले असोज २५ गतेका लागि बैठक बोलाएका थिए । तर प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले २४ गते साँझ नै सूचना जारी गर्दै संसद् बैठक कात्तिक ५ गते शुक्रबारका लागि बैठक तय गरिएको सूचना निकालेका थिए ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारूढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।
गत शुक्रबार मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि संसद बैठक स्थगित गरेका थिए।
आचार्य गत भदौ १० गते शेरधन राईको स्थानमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री भएकै बेला अल्पमतमा परेका आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर हालसम्म प्रदेश सरकारले आफ्नो आयु लम्ब्याइरहेको छ ।
प्रस्तावमाथि आज दिउँसो १२:३० बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ। छलफलपछि आजै मत विभाजन हुने जनाइएको छ। मुख्यमन्त्री आचार्यसँग बहुमत पुर्याउनका लागि सांसद संख्या पर्याप्त नभएका कारण उनले विश्वासको मत पाउने सम्भावना नरहेको बताइन्छ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेका छैन्न ।
संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारूढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।
केन्द्रीय तहको सहमतिअनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ ।
उनले विश्वासको मत नपाए मंगलबारसम्ममा प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने छ। विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।
आइतबार संसदमा विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्ने नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। वर्तमान मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।