चीनले नेपाली भूमि मिचेको भन्दै काठमाडौंमा लगातार प्रदशर्न भैरहेको छ । हिजो (सोमबार) माइतीघरमा चिनियाँ राष्ट्रपति सी चिङपिङको पुत्ला समेत दहन गरेको गरिएको थियो आज पनि प्रदर्शन जारी छ ।
मङ्गलबार लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।
लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन गरिएको जानकारी दिए। संघले नेपालको सीमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ ।
त्यसैगरी चीन र नेपालको सीमा विवाद भएको विषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।