नेपालमा बितेको २४ घण्टामा १ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा १ हजार १५८ जनामा सङ्क्रमण देखिएको हो ।
यही अवधिमा १ हजार ३१८ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कूल सङ्क्रमितमध्ये ९६ दशमलव २८ प्रतिशत अर्थात ७ लाख ६३ हजार ७३४ जना निको भइसकेका छन् ।
आज थप १२ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ११५ पुगेको छ ।
अहिले देशभर १८ हजार ४२२ सक्रिय सङ्क्रमित रहेकोमा गम्भिर अवस्थामा रहेका ३६४ जनालाई आइसीयू र १२० जनालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।