‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतीक्षा शुक्लाले जितेकी छन् । शनिवार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन् ।
प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेण्ड रनर अप विजेता अलिशा लिम्बु भए । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औँ संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।
प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतीक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।
पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।