काठमाडौं । १० बुँदे सहमति प्रति केपी ओली पक्ष इमान्दार नदेखिएको भन्दै नेकपा एमाले उपाध्यक्ष भीम रावल बैठकस्थल छाडेर हिँडेका छन।
केन्द्रीय कमिटी बैठकमा नेता रावललाई आफ्ना कुरा राख्नका लागि समय दिइएको थियो। तर, उनले केहि नबोली बैठकस्थलबाट बाहिरिएका छन।
असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतवार बसेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका हुन्।
रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन्।