जिल्ला अदालत दैलेखले बलात्कार घटनामा पीडक र पीडित दुवैलाई सजाय दिने फैसल गरेको छ । सुरुमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएको र पछि वयान फेरेको भन्दै पीडितलाई पनि सजाय सुनाएको हो ।
जिल्लाको दुल्लु नगरपालिका–८ का ६१ वर्षीय नन्दाराम भण्डारीलाई बलात्कारको आरोप लगाउदै पीडित १७ वर्षिया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
उनको मुद्धामा वयानका क्रममा बलात्कार आरोपी भण्डारीलाई उन्मुक्ति दिन वयान परिवर्तन गर्न लगाएको भन्दै बिहीबार दुर्व पक्षलाईं सजाय तोक्दै जिल्ला अदालत दैलेखले फैसला सुनाएको हो ।
जसमा पीडक भण्डारीलाई १० वर्ष कैदको फैसला सुनाएको छ । त्यस्तै वयान फेर्न लागाउने किशोरीकी आमालाई पनि ५ हजार जरिवाना तोकेको छ ।
बलात्कारको घटनाको सम्बन्धमा प्रमाणका रुपमा उजुरी गर्दाको ५ हप्ताको गर्भ रहेको पाईको थियो । त्यसपछि कानून अनुसार अस्पतालमा गर्भपतन गराएको प्रमाण थियो ।
उक्त प्रमाण हुँदा हुँदै युवतीको आमाले उजुरीमा उल्लेखित ब्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय भएको जिल्ला सरकारी वकील कार्यालयकाले जनाएको छ।
अनुसन्धानका क्रममा भण्डारीले गत २०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा आफ्नै घरमा बोलाएर किशोरीलाई बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।
घटना लगत्तै पीडित पक्षले २०७७ जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । सोही दिन भण्डारीलाई पक्राउ गरेको थियो ।