नेपालमा वितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १५ हजार ६९० जनाको नमूना परीक्षण गर्दा १ हजार ४७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १ हजार ५५० जना निको भएका छन् ।
अहिलेसम्म कूल सङ्क्रमित मध्ये ९६ दशमलव ०३ प्रतिशत अर्थात ७ लाख ५८ हजार ५०४ जना निको भएका छन् भने ११ हजार ८१ जनाको निधन भैसकेको छ ।
अहिले देशभर २० हजार २८७ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये गम्भिर अवस्थाका ३४७ जनाको आइसीयू र १०५ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।