साताको अन्तिम दिन अर्थात आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार तोलामा ५ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ६ सय रुपैयाले घटेको हो । यसअघि बुधबार तोलामा ९ सय रुपैयाले सुनको मूल्य बढेको थियो ।
बिहीबार प्रतितोला ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको ११ सय ६० रुपैयामा कारोबार भइरहेको छ ।