वितेको २४ घण्टामा नेपालमा १ हजार भन्दा बढीमा सङ्क्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा १५ हजार २४३ जनाको नमूना परीक्षण गर्दा १ हजार २३९ जनामा सङ्क्रमण पाइएको हो ।
यही अवधिमा १ हजार ३२४ जना निको भएका छन् । मन्त्रालयले जारी गरेको विवरणअनुसार अहिलेसम्म ९५ दशमलव ९७ प्रतिशत अर्थात ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन् ।
आज थप १३ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।
अहिले देशभर २० हजार ७४३ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये गम्भिर अवस्थाका ३४० जनालाई आइसीयू र १११ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।