सरकारले ४० वर्ष उमेर नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा कृष्ण पौड्यालले यस्तो बताएका हुन् ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बुधबार बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्वसुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए।
देशका प्रत्येक वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको उनको भनाइ छ। उनले ४० वर्षमाथिका देशभरका नागरिकको पिसाब जाँच गर्न प्रतिव्यक्ति ५० रूपैयाँका दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए।
[wpna hide=’ia’]
क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा
सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड...
शुक्रवार, भदौ २५ २०७८पूर्वरोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्वसुरक्षाका लागि ध्यान दिएको उनको भनाइ थियो।
छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै मिर्गौला फेल भएकाहरूलाई डायलासिस गर्न पर्याप्त मेसिन नरहेको बताए। उनले प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको बताएका थिए।
[wpna_related_articles title=”Related news” ids=”81590,94563″] [wpna hide=’ia’]
९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्छन्
अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको...
शुक्रवार, असार ११ २०७८पिसावबारे थप जानकारी
स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सयदेखि ३ सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेवित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ ।
एक दिनमा एउटा मानिसले ४ देखि ६ पटकसम्म पिसाब फेर्छ भने त्यसलाई सामान्य रुपमा लिन सकिन्छ । तर, त्योभन्दा धेरै र कम पिसाब आउँछ भने त्यसलाई समस्याका रुपमा लिन सकिन्छ । पिसाब कम आउनुको कारण मानिसले कम मात्रामा पानीको सेवन गरेर पनि हुनसक्छ । कम पानी पिउँदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ ।
यस्तै पिसाब लाग्दा लामो समयसम्म रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुन सक्छ । सामान्यतया पिसाबको रंग हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म हुन सक्छ । यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन । तर, एकभन्दा बढी दिन यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ ।
पिसाब थैली तथा नलीमा संक्रमण हुँदा पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब लाग्नेबित्तिकै गैहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गन्हाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राती सुतेको समयमा पनि पिसाब लागिरहने, पिसाब लागेजस्तो हुने तर शौचालयमा जाँदा थोरै मात्र आउने जस्ता लक्षण देखा पर्छ । पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक रहेको तथा पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो भएका कारण महिलालाई धेरै सताउँछ ।
सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ । पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछन् र संक्रमणले तुरुन्तै समातिहाल्छ । यस्तो अवस्थामा पिसाबमा क्रिस्टल बन्ने सम्भावना पनि अत्यधिक रहन्छ । संक्रमणका कारण पिसाब गन्हाउने समेत हुन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई प्युरिया भनिन्छ । संक्रमणले नाइटोमुनि समेत दुखाउँछ ।