विद्युत् ट्रान्सफर्मर चोरी गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका-११ स्थित सामसुङ टीभी कारखानाको कम्पाउन्डमा राखिएको विद्युत्को ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा धादिङ गल्छि गाउँपालिका-८ घर भएका ४३ वर्षीय नारायण थापालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
उनलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले असोज २ गते राति साढे ८ बजे पक्राउ गरेको हो।
थापासँग सोधपुछ गर्दा उनीसँगै ४ जनाले उक्त ट्रान्सफर्मर चोरी गर्न लागेको बताएका प्रहरीले दाबी गरेको छ। ३ जना भने फरार भएको प्रहरीको भनाइ छ।
पक्राउ परेका थापाको साथबाट प्रहरीले १ थान फलाम काट्ने कटर, १ थान पेन्चिस थान, १ थान फलामको डण्डी, १ थान स्क्रुड्राईभर, ११ थान बिभिन्न साईजको रेन्ची, २ थान कपडाको सल, ३ थान प्लाष्टिकको बोरा, १ थान ट्रान्सफर्मर र १ थान ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको फिता डोरी सहित पक्राउ गरेको हो ।