झापाको दमक नगरपालिका-१ मा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।
मंगलबार राति करिब साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक-१ का हिमाल देवानको घरमा जुवा खेलिरहेका उनीहरूलाई ४ लाख २७ हजार ६ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसरा उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तिर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपलिकाका सुबिन्द्र सुब्बा, कन्काईका मोहन बराल र सुनिल साह रहेका छन् ।
त्यस्तै मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरेका बलराम बस्नेत, गंगाराम मगर, बेलबारीका निशान पोखरेल, दमकका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेका छन्।
जुवाखालबाट पक्राउ गरिएका १७ जनालाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको झापा प्रहरीले जनाएको छ । भद्रपुर १० बस्ने बर्ष ५० को ठाकुर प्रसाद निरौला भाग्ने क्रममा फाल हान्दा दुबै खुट्टाको पाईतलामा चोट लागि लाईफलाईन अस्पताल दमकमा उपचार भई रहेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।