मङ्गलवार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार भएको छ।
सोमबार एक सय १४ अङ्कले घटेको नेप्सेमा मङ्गलवार दोहोरो अङ्कको सुधार देखिएको हो।
नेप्से परिसूचक १३ दशमलव ८३ अङ्कले बढेर २ हजार सात सय १२ दशमलव ०७ अङ्कमा पुगेको छ। एक पटक ६४ अङ्कले परिसूचक बढे पनि अन्त्यमा १३ अङ्कले बढेर कारोबार बन्द भएको छ।
मङ्गलवार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ। बढेको बेला किन्ने कम हुँदा भोलयम कम आएको हो।
सोमबार साढे आठ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो।
मङ्गलवार सबैभन्दा धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त कम्पनीका लगानीकर्ताहरू छन्। जसको शेयर मूल्य ९८ दशमलव ९० रुपैयाँले बढेको छ।
त्यस्तै दोस्रोमा हाइड्रोपावरको शेयर मूल्य ६७ रुपैयाँले बढेर १ हजार २ सय २७ रुपैयाँ पुगेको छ। तेस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको शेयर मूल्य १७ रुपैयाँले बढेर तीन सय ८२ रुपैयाँ पुगेको छ। निफ्राले मङ्गलवार नै ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।