नेपालमा वितेको २४ घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा १३ हजार ६२२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
अहिलेसम्म ८ लाख ७५ हजार ९५९ जनामा सङ्क्रमण पुष्टि भएतापनि ९५ दशमलव ८६ प्रतिशत अर्थात ७ लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८३० जना निको भएका हुन् ।
आज देशभर ५५ हजार २४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने पछिल्लो २४ घण्टामा ५ जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार ५३ जनाको यही भाइरसको कारण निधन भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर अहिले २१ हजार ५२४ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये गम्भिर अवस्थाका ३३५ जनालाई आइसीयू र १०७ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।