सुनको मूल्य तोलामा तीन सय रुपैयाँले महँगिएको छ ।
सोमबार तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ८९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै सोमबार ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ८८ हजार ७५० रुपैयाँ छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार ११३५ रुपैयाँमा कारोबार भएको चाँदी मूल्य मंगलबार ११४० रुपैयाँ छ ।