काबुल । तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि नै महिलाप्रति असहिष्णु बनिरहेका छन्। तालिबानले महिलाहरुलाई घरबाहिर एक्लै ननिस्किन चेतावनीसमेत दिएका छन्। त्यसैगरि सरकारी कर्मचारी महिलाहरुलाई पनि कार्यालयमा उपस्थित हुन दिइएको छैन।
तर, तालिबानका प्रवक्ताले भने महिला अधिकारलाई सम्मान गर्ने बताइरहेका छन्। महिला अधिकारलाई सम्मान गर्ने बताए पनि तालिबानले गठन गरेको नयाँ सरकारमा महिला सहभागिता शून्य पारिएको छ। त्यसैगरि यसअघि तालिबानले एक महिला प्रहरीको हत्या गरिएको छ।
महिलाहरुले राजधानी काबुलमा महिला अधिकार रक्षाका लागि विरोध प्रदर्शन गरेका थिए। उक्त विरोध प्रदर्शनमासमेत तालिबानले अश्रु ग्यार र रबर बुलेट प्रहार गरेका थिए।
पछिल्लो समय तालिबानका लडाकूहरुले एक महिला चिकित्सममाथि आक्रमण गरेका छन्। अफगानिस्तानको कान्दाहार क्षेत्रमा तालिबान विद्रोहीहरुले उनलाई कुटपिट गरेको ती चिकित्सकले बताएकी छन्।
तालिबानी विद्रोहीहरु आफ्नो घरमा पसेर उनको परिवारका सदस्यहरुलाई पनि कुटपिट गरेको उनले बताएकी छन्। एक भिडियो क्लिपमा डाक्टर फहिमा रहमतीले भनिन् कि तालिबान लडाकुहरुले आइतबार राति घरमा छापा मारेको र मोबाइल जफलत गरेको थियो।
उनी न पूर्व सरकारकी अधिकारी थिइन न उनको घरमा हतियार थियो तर तालिबान लडाकुहरु उनीहरुका भाइहरु आफूसँगै लैजान चाहन्थे।
कान्दाहार प्रान्तका प्रान्तीय अधिकारीहरुले खामा प्रेसलाई दिएको जानकारी अनुसार उनीहरुलाई छापाको बारेमा थाहा नभएको र यो घटनाको छानबिन गरी दोषीहरुलाई न्याय दिइने बताइएको छ।