खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा जलेका झापा अर्जुनधाराका खनाल दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् ।
उनीहरुको सोमबार साँझ दुई घण्टाको अन्तरमा मृत्यु भएको हो । ग्यास लिक हुँदा घोरा पंकज खनाल समेत घाइते भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय कमल पोखरेलले जानकारी दिए ।
गत भदौ २६ गते शनिबार साँझ खनाल परिवारमा ग्यास लिक भएको थियो । श्रीमान–श्रीमतिको शरिर पूर्ण रुपमा आगोले जलेको थियो । तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।
भदौ २६ गते साँझ ग्यास लिक हुँदा खनालको घरमा आगलागी भएको थियो। घटनामा परिवारका चारजना घाइते भएका थिए।
घरमुली मंगलादेवी सामान्य घाइते थिइन् भने अरुको अवस्था गम्भीर थियो। घर जलेपछि खनाल परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ। छिमेकी पोखरेलका अनुसार खनाल दम्पत्तिको काठमाडौंमै अन्त्येष्टि गर्ने तयारी छ।
आगलागीबाट खनालको घर ध्वस्त भएको छ । खनाल परिवारको उपचारमा समस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका थिए ।