स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । सोमबार राति भएको खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोना हारबाट बचेको हो ।
आफ्नै घरेलु मैदान क्याप नोउमा बार्सिलोनले ग्रानडासँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । बार्सिलोनाका लागि रोनाल्ड अरौजोले अन्तिम समयमा गोल गरेपछि ऊ सम्भावित हारबाट जोगिएको हो ।
ग्रानडाका डोमिन्गोस डर्टले गोल गरेपछि पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ९०औँ मिनेटमा अरौजोले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काएका थिए ।
बराबरीसँगै बार्सिलोनाले चार खेलमा आठ अङ्क जोडेको छ । ऊ सातौँ स्थानमा छ । ग्रानडा भने तीन अङ्कका साथ १७औँ स्थानमा छ ।