नेपालमा आज भेटिएका नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या झण्डै तीन गुणाले बढी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणमा १ हजार ९५ जनामा भाइरसको सङ्क्रमण भएकै देखिएको छ भने यही अवधिमा २ हजार ९५७ जना निको भएका छन् ।
आज देशभरका विभिन्न जिल्लाका १३ हजार ८१७ जनाको परीक्षण गरिएको हो । १० हजार ७८६ पिसिआर परीक्षणबाट ९७५ र ३० हजार ३१ एण्टिजेन परीक्षणबाट १२० जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।
अहिलेसम्म कोरोना सङ्क्रमणभएमध्येका ९५ दशमलव ७५ प्रतिशत अर्थात ७ लाख ५२ हजार १७० जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ ।
अहिले देशभर २२ हजार ३२३ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये गम्भिर अवस्थाका ३७१ जनाको आइसीयू र १०८ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।