भारतको साउथ फिल्मका अभिनेता थालापथी विजयले आफ्नै आमा बुबाविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। आफ्नो नामको दुरुपयोग गरी मान्छेहरुलाई भेला गरेको आरोप लगाउँदै उनले बुबा एसए चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध मुद्दा दायर गरेका हुन्। मुद्दाको सुनुवाई २७ सेप्टेम्बरमा हुने बताइएको छ।
केही दिनअघि विजयका बुबा एसए चन्द्रशेखरले आफ्ना छोरा विजय राजनीतिमा आउन लागेको र पार्टीसमेत गठन गर्न लागेको बताएका थिए। उनका पिताले यो कुराकोउद्घोष गर्दै पार्टीका सभापति पद्मनाभन, आमा कोषाध्यक्ष र आफू महासचिव रहेको दाबी गरेका थिए।
यही कुराको खण्डन गर्दै विजयले आफूले पार्टी गठनका लागि कुनै सहमति नदिएको र आफ्नो नामको दुरुपयो गर्ने ११ जनाविरुद्ध मुद्दा दायर गरेको वक्तव्य जारी गरेका हुन्।