काठमाडौँ। नेपालमा आइतबार थप ७ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
देशभर गरिएको ७ हजार ३ सय ४ पीसीआर परीक्षणका क्रममा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टीजेन परीक्षणका क्रममा ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
त्यस्तै थप १ हजार ४ सय १३ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४९ हजार १ सय १३ सङ्क्रमित निको भएका छन्। हाल २४ हजार ३ सय १३ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय ४८ जना क्वारेनटाइनमा रहेका मन्त्रालयले जनाएको छ।