संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्।
सोही अनुसार कैलाली कारागारमा रहेका खेमा कुमारी अर्याल देवकोटा(कर्तव्य ज्यान मुद्धा) चक्रबहादुर चौधरी(सवारी ज्यान मुद्धा), प्रेम सिंह साउँद(सवारी ज्यान मुद्धा), रामप्रसाद राना(कर्तव्य ज्यान मुद्धा), कृष्ण कुमार चौधरी(कर्तव्य ज्यान मुद्धा) र कृष्ण शर्मा(कर्तव्य ज्यान मुद्धा) तिवारीको कैद सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर बिरेन्द्र बहादुर बोहराले केटिएम दैनिकलाई बताए। ५० प्रतिशत कैद भुक्तान गरेका ६ जनाको बाँकी कैद मिनाहा गरिएको उनले बताए।
यस्तै कञ्चनपुर कारागारमा रहेका ७ र कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको छ। कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेलर माया बस्नेत थापाले बताइन्। कैद मिनाह हुनेमा शिवराज भटट (कर्तव्य ज्यान मुद्धा), प्रेमसिंह भण्डारी (कर्तव्य ज्यान मुद्धा), रोहित आउजी (वहुविवाह), करिना विश्वकर्मा (वहुविवाह), माया चन्द पाल (वहुविवाह) र खुशीराम चौधरी (चोरी मुद्धा) रहेको उनले बताइन्।
हाल कैलाली कारागारमा ४ सय ९३ जना र कञ्चनपुर कारागारमा ४ सय ७ जना कैदीबन्दी रहेका छन् ।नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो।