चीनबाट खरिद गरी शुक्रबार एकै दिन ल्याइएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ गएको थियो ।
सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।
असोज ४ बाट काठमाडौंमा भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । यसबारे थप जानकारी तलको लिंकबाट
काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने यी हुन् खोप केन्द्रहरू