नेपालमा वितेको २४ घण्टामा १ हजार ५०० भन्दा बढी सङ्क्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १४ हजार १७९ जनाको नमूना परीक्षण गर्दा १ हजार ५११ जनामा सङ्क्रमण पाइएको हो ।
आज पिसिआर परीक्षणबाट १ हजार १६५ र एण्टिजेन परीक्षणबाट ३४६ जनामा सङ्क्रमण पाइएको छ । यही अवधिमा १ हजार ६८९ जना सङ्क्रमणमुक्त भएका छन् ।
अहिलेसम्म ९५ दशमलव ३० प्रतिशत अर्थात ७ लाख ४५ हजार २१५ जना निको भएका छन् भने ११ हजार २ जनाको ज्यान गुमेको छ । पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएका हुन् ।
अहिले देशभर २५ हजार ७७२ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये २४ हजार २२२ जना होम आइसोलेसन र बाँकी संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये गम्भिर अवस्थाका ४०७ जनालाई आइसीयू र १२८ जनालाई भेन्टिलेटर राखेर उपचार भैरहेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।