काठमाडौँ । भारतमा थप २४ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ ।
भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन् । एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।