गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन्।
यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ।
तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्। भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरसिंहले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी नै दिएनन्।