नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठूलो सफलता हासिल गरेकी छिन् ।
फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् ।
उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् ।
यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।
हालै प्रियंका र निकले लस एन्जेलिसमा २००० स्क्वायर फुटमा घर किनेका छन् । उक्त घर निकै नै सुन्दर देखिएको छ ।
भारतिय मिडियाका अनुसार यसको मूल्य झण्डै दुई सय करोड रहेको बताइएको छ।