वितेको २४ घण्टामा नेपालका विभिन्न जिल्लामा गरिएको कोरोना परीक्षणमा सङ्क्रमितको सङ्ख्या १ हजार भन्दा कम पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरको विवरणअनुसार देशका विभिन्न जिल्लामा ११ हजार १८ जनाको नमूना परीक्षण गर्दा ९११ जनामा सङ्क्रमण पाइएको छ ।
यही अवधिमा १ हजार ४२३ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९५ दशमलव १५ अर्थात ७ लाख ३९ हजार ४५७ जना निको भएको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेसम्म १० हजार ९४९ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जनाको निधन भएको छ ।