साउथ सिनेमाको उदाउँदो स्टार साई धरम तेज सडक दुर्घटनामा घाईते भएका छन् । दुर्घटनामा घाईते भएका उनको नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
त्यसपछि उनलाई अपोलो जुबिली हिल्समा शिफ्ट गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
यो दुर्घटना साइबराबादको आइकनिक केबल ब्रिजमा भएको थियो । भारतीय संचारमाध्यमका अनुसार जुबिली हिल्स तथा आकिया स्ट्रेचको बीच साई आफ्नो बाइक अनियन्त्रित भएपछि दुर्घटनामा परेका थिए । यो दुर्घटनामा उनी सडकमा चोटग्रस्त रुपमा ढलेका थिए ।
जब सडकमा हिड्ने ब्यक्तिहरुले उनलाई देखेर नजिकको पुलिसमा खबर गरेका थिए । उनलाई पुलिसको सहयोगमा नजिकको अस्पतालमा भर्ना गरिएको थियो । अहिले अस्पतालले उनको स्वास्थ्यका बारेमा अपडेट सार्वजनिक गरेको छ ।
उनको हालत अहिले पनि स्थिर रहेको छ । उनको शरीरका सबै प्रमुख अंगहरुले काम गरिरहेको छ । उनलाई आईसियुमा राखेर निगरानी गरिरहेको छ । उनको यो दुर्घटना ब्रिजमा रहेको सीसी क्यामरा समेत कैद भएको बताइएको छ ।