कमेडी च्याम्पियन सिजन २ का फाइनलिष्ट भरतमणी पौडेल जिताउ अभियान गरिरहेको पौडेल वंश महासंघ नेपाल जिल्ला कार्य समिति ललितपुरले आज भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
भरतमणी अब्बल क्षमता भएको र साथै पौडेल वंशको नै उच्च मान भएकोले उनलाई जिताउन सबै एक भएर लाग्नु पर्ने पौडेल वंश संघका केन्द्रीय सदस्य अग्नि पौडेलले बताए । यस्तै उनलाई जिताउन सम्पूर्ण मेचीदेखि महाकाली सम्मका पौडेलहरु एक भएर लागेको पनि बताए । वाग्मती प्रदेशका प्रदेश सभा सदस्य माधव पौडेलले पनि भरतमणीलाई उपाधि दिलाउनमा सबैको साथको आवश्यक भएकोले सबै मिलेर उनलाई जिताउनमा सहयोग गर्न अपिल गरे ।
भरतमणि कमेडी च्याम्पियनका सर्वाधिक प्रफमर अफ डेको उपाधिबाट सम्मानित हुने प्रतिस्पर्धी पनि हुन् । उनी सँगै भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन् । अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ ।