लहान सिराहा घर भएका ६५ वर्षीय पुरन पण्डित माटोको मूर्ति बनाउने काममा लागेको ५५ वर्ष भयो ।
पुरनले १० वर्षको उमेर देखी यो पुर्खौली पेसा अङ्गाल्दै आएका हुन् । कुपण्डोलको गुसिंगाल चोकमा रहेको उनको मूर्ति बनाउने ठाउँमा अहिले विश्वकर्माको मूर्ति तयार हुँदैछ । असोज १ गते मनाइने विश्वकर्माको पूजालाई लक्षित गरी उनी मूर्ति बनाउँदै छन् । पुरनले हरेक भगवानको मूर्ति बनाउँदछन् । दशैलाई दुर्गाको, सरस्वती पुजालाई सरस्वतीको लगायतका मूर्ति बनाउनु उनको पेसा हो ।
मूर्ति आफूले तयार पारे पनि सिँगार्न भने उनी भारतबाट कालिगड झिकाउँछन् ।
पुरनले बनाएको विश्वकर्माको मूर्ति ७-८ हजार देखि १ लाख सम्म मूल्य रहेको छ ।