त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार, प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पुत्ला दहन गरेका छन् ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि गेटअगाडि विद्यार्थीहरुले एमसीसीकी उपाध्यक्ष र एमसीसीको पक्षमा बोल्ने नेपाली नेताहरुको पुत्ला बनाएर दहन गरेका हुन् । विद्यार्थीहरुले राष्ट्रघाती सम्झौता र नेपाली लेन्डुपेहरुविरुद्ध उत्रिने भन्दै विरोध प्रदर्शन गरेका थिए ।
समयावधि सकिएपछि अमेरिकाबाटै सम्झौता खारेज गर्नुपर्नेमा टोली किन नेपाल आयो भन्ने प्रश्नको उत्तर अहिले नेता देखि सर्वसाधारण पनि खोजिरहेका छन् । यसको पक्ष । विपषमा ठूला जनमत बाडिएको छ ।
समाजिक संजालहरुमा यसको विपक्षमा ठूलो मत छ भने नगन्य मात्रामा मात्रै यसलाई स्वीकार गर्नुपर्छ भन्ने मत देखिएको छ । ओलीसँगको भेटमा एमसीसीको टोलीले सम्झौतालाई लिएर नेपालमा नहुनुपर्ने विवाद भएको बताएको छ ।
अन्तरष्ट्रिय समुदायमाथि विशेषत देशको दूरगामी महत्वराख्ने अझ लामो समयदेखि विवादित विषयमा सरकारले देशभित्रका सबै दलहरु बीच साझा सहमति जुटाएर एसमसीसीसँग छलफल गर्नुपर्नेमा देशभित्र देखिएको राजनीतिक धुब्रीकरणमा अमेरिकी टोलीलाई खेल्ने अवसर दिएको छ।
यसको अन्तराष्ट्रिय समुदायमा जाने नेपालको सन्देश र आगामी सहयोग परियोजनाहरुमा नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन हुने विश्लेषण गरिएको छ ।यसअघि बुधबार नेपाललाई सोधेका प्रश्नका जवाफ पठाउँदै एमसीसीले अमेरिकी सहयोग परियोजना सैन्य प्रयोजनको लागि नभएको बताएको थियो ।
सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पठाएको पत्रको जवाफ पठाउँदै एमसीसीले अनुदान कोषको उपयोग सैन्य प्रयोजनमा गर्न कानुनले रोकेको उल्लेख गर्दै यो विशुद्ध गरिबी न्युनीकरणका लागि दिइने सहयोग रहेको प्रष्ट पारेको थियो ।
यस्तै एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहने जनाउँदै एमसीसीको कुनै पनि हक नहुने जवाफ पठाएको छ ।