प्रहरीमा जागिर लगाइदिन्छु भन्ने विभिन्न युवा युवाहरूलाई ठगि गर्ने एक युवकलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ ।
हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा पनि प्रहरीमा जागिर लगाइदिन्छु भन्ने बझाङको मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिंहलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनले ठगी गरेको भेटिएपछि उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट खटेको टोलीले बुधबार धनगढीको चौराहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले केटिएम दैनिकलाई बताए ।
उनका अनुसार प्रहरीमा जागिर लगाइदिने भन्दै सिंहले पीडितबाट ६० हजार रकम मागेका थिए । साथै सिंहले रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिंहमाथि ठगी शीर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।