चर्चित टिभी सिरियल ‘साथ निभाना साथिया’की नायिका गोपी बहु अर्थात देवोलिना भट्टाचार्य सोसल मिडियामा भने हट हट तस्विर सेयर गरेर चर्चामा आउने गर्छिन् ।
सिरियलमा संस्कारी बुहारीको भुमिका निभाएपछि धेरै मन मस्तिस्कमा बास बस्न सफल भएकी उनले डान्स इंडिया डान्स सीजन २ मा २०१० मा डेब्यु गरेकी थिइन् ।
उनको जस्तो अभिनय छ त्यस्तै रहेको छ उनको डान्स पनि । साथ निभाना साथियामा अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको हो ।
शिवसागर असम रहने उनले औपचारिक पढाइ पनि असाममै गरेकी हुन् । देवोलीनाले डांस इंडिया डांस सीजन २ मा २०१०मा डेब्यु गरेकी थिइन् ।
उनले इन्टाग्राममा शेयर गरेका सबै तस्विरहरु भाइरल बनिरहेका छन् ।
उनलाई सिरियलमा साडी सुटमा मात्र देखिएको थियो । जसलाई अधिकांशले रुचाएका पनि थिए । उनले सेयर गरेका तस्बिरमा निकै बोल्ड देखिएकी छन् ।
को हुन् ‘गोपी बहु’ अर्थात देवोलिना भट्टाचार्य ?
आसामकी देवोलिना चर्चित भारतीय टिभी सिरियल ‘साथ निभाना साथिया’मा ‘गोपी बहु’को भुमिका निभाउँछिन् । यसको साथमा उनले ‘संवारे सबके सपने प्रीतो’ मा पनि काम गरिसकेकी छन् ।
२८ वर्षीया देवोलिनाले आफ्नो टिभी करिअरको सुरुवात २०११ को ‘डान्स इन्डिया डान्स सिजन २’ बाट गरेकी थिइन् । त्यसपछि उनले सिरियलमा काम गर्न थालेकी हुन् ।
पछिल्लो सात वर्षमा देवोलिना सबैले रुचाउने ‘बुहारी’को रुपमा आफ्नो छाप छोड्न सफल भएकी छन् । सिरियलमा गरेको अभिनयको कारण देवोलिनाले अवार्ड समेत हात पारेकी छन् ।