चीनबाट थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको छ ।
चीनसँग खरिद गरिएको ६० लाख डोज खोपमध्ये ८ लाख खोप नेपाल आइपुगको हो । शुक्रबार थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउने नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक डिमप्रकाश पौडेलले बताए ।
खोप व्यवस्थापन महाशाखाका अनुसार अहिले खोप टेकु र केही विमानस्थलकै भण्डारण केन्द्रमा राखिएको छ । नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।
यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ । नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख भेरोसेल, १६ लाख जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार एस्ट्राजेनेका गरी कुल १ करोड ८ आठ लाख ६० हजार डोज खोप आइसकेको छ ।