प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको विभाजनलाई सजिलो पार्नेगरि अध्यादेश ल्याउन लागेपछि सत्तागठबन्धनकै नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विरोध जनाएका छन।
जनता समाजवादी पार्टी जसपाका नेता डा.भट्टराईले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट बाहिरिएपनि ओली प्रवृत्ति कायमै रहनु चिन्ताको बिषय भएको बताएका छन्।
उनले भनेका छन् ‘ओली गएपनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो। जसले गरेपनि संसद अधिवेशन अन्त्य गरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो। अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो। गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस।’
‘देउवाजीले अध्यादेश फिर्ता गर्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ,’ डा. भट्टराईले भने, ‘जुनसुकै व्यक्तिले ल्याए पनि पार्टी विभाजन अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत नै हो ।’
यस्तो छ नेता भट्टराईको ट्विट
ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!
— Baburam Bhattarai (@brb1954) August 17, 2021