बलिउड अभिनेत्री शिल्पा शेट्टी बलिउड अभिनेत्री शिल्पा शेट्टी तीन सातापछि भारतीय रियालिटि शाे सुपर डान्सर ४ काे निर्णायकमा फेरि फर्किएकी छन्। उनका श्रीमान राज कुन्द्रा अश्लिल भिडियो बनाउने आरोपमा मुछिएपछि उनले सुपर डान्सर ४ को निर्णायकबाट ब्रेक लिएकी थिइन्।
तीन साताको ब्रेकपछि उनले आफ्नो स्थान पूर्ण हासिल गरेकी छिन्। भारतीय सञ्चार माध्यमका अनुसार उनी अन्त्यसम्म बस्ने पनि बताएकी छिन्। शिल्पा शेट्टीको अनुपस्थितिमा जैक्की श्रफ, टेरेन्स लुइस, सोनाली बेंद्रे, करिस्मा कपुर आदि सेलिब्रेटी सुपर डान्सर ४ को मञ्चमा अतिथिकारुपमा पुगेका थिए।
पहिलो पटक २०१६ मा सुरु भएको सुपर डान्सरमा पनि शिल्पा शेट्टीले यस सोमा निर्णायककाे भूमिका निभाएकी थिइन्। सञ्चार माध्यमका अनुसार यससोका आयोजकले पनि शिल्पाको स्थान अरुले लिन नमिल्ने बताएका थिए।
१९ जुलाईमा राज कुन्द्रा पोर्नग्राफी बनाउने आरोपमा महाराष्ट्रबाट पक्राउ परेका थिए। उनका श्रीमान अहिले प्रहरीकै हिरासतमा नै रहेका छन्। शिल्पा बलिउडकी प्रसिद्ध अभिनेत्री हुन्। ४६ वर्षीया शिल्पाले आफ्नो डेब्यु १९९३ मा बाजिगर चलचित्रमा गरेकी थिइन्।
उनी शो मा पुगेपछि टिमले उनको भव्य स्वागत गरेको थियो । जस्को कारण उनी एकदमै खुशी भएर निर्णय गर्न सकिन् । उनले आफु अन्यायमा परेको र भगवानले उनलाई साथ दिने पनि बताइन् ।
[wpna hide=’wp’]
Ktm Dainik ले नियमित रुपमा भिडिओहरू उत्पादन गरेर Youtube मा राख्ने गरेको छ । यदि तपाईहरूले अहिलेसम्म पनि Ktm Dainik को युट्युव च्यानल Subscribe गर्नुभएको छैन भने Subscribe गरिदिन अनुरोध गर्दछौं । यसले हामीलाई थप भिडिओहरू उत्पादन गर्नको लागि हौसला दिनेछ ।
यहाँ हामीले Ktm Dainik ले उत्पादन गरेको एक भिडिओ राखेका छौं । हेरेर प्रतिक्रिया दिनुहोला ।
[/wpna]