विवाहयोग्य उमेरका दुई युवतीको मनमा कस्तो कुरा खेल्छ ? अहिलेका युवती आफ्नो भविष्य र जीवनलाई लिएर कतिको चिन्तित छन् ? अनि आफ्नो बाटोप्रति कति स्पष्ट छन् ?
यसको जवाफ खोज्न गीत– ‘कुरा बुझ्न पर्च’ एउटा बलियो उत्तर हुनसक्छ । घरमा छोरीको विवाहको कुरा चल्दैगर्दा परिवार र अघिल्लो पुस्ताले खोजेको/पढेको र धनी परिवारले मात्रै अहिलेका युवतीको मन बुझ्छ/बुझ्दैन भन्ने जवाफसमेत गीतमा भेटिन्छ ।
गाउँका ‘उरन्ठेउला’ केटी जो रमाउन जानेका छन्, कमाउने सपना साँचेका छन् अनि गलत र सहीको विषयमा आवाज पनि उठाउँछन् । अहिलेको समयको सक्षम, शिक्षित र सबल युवतीको उदाहरण हुन्, फूलमाया विश्वकर्मा र मनमाया क्षत्री । प्रकाश सपूतले तयार पारेको यो गीत र भिडिओ तयारीको समयमै रहँदा प्रकाश भन्थे— ‘यो गीत पाँच वर्षीय छोरी प्रविष्टीको चोखो मन र चञ्चलता हेरेर तयार गरेको हुँ ।’
युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको गीत ‘कुरा बुझ्न पर्च’ अहिले चर्चामा छ । त्यो भन्दा अर्को चर्चा यी गीतमा सँगै फिचर्ड भएका दुई नायिका स्वस्तिमा खड्का र आँचल शर्मालाई लिएर भैरहेको छ ।
प्रकाश सपुतद्वारा संगीतबद्ध गीतमा आँचल र स्वस्तिमाले जोडी बाँधेका छन् । बिहीबार राजधानीमा आयोजना गरिएको गीतको सक्सेस-सेलिव्रेसन प्रेसमिटमा आँचल र स्वस्तिमा दुबै खुलेर प्रस्तुत भए ।
गीतमा पुरुषसँग जोडी बाँध्नुभन्दा स्वस्तिमासँग जोडी बाँध्दा आफूलाई रमाइलो लागेको र राम्रो प्रतिक्रिया मिलेको आँचलले बताइन् । ‘केटाभन्दा स्वस्तिमासँग जोडी बाँध्दा रमाइलो भयो’ आँचलले भनिन्, ‘मनमाया र फूलमायाको यो जोडीलाई दर्शकले पनि रुचाउनुभएको छ ।’
उनीहरुको मित्रता हेरौं तस्विरमा :
सबै तस्विरहरु : बिकास फोटोग्राफीको फेसबुकबाट