गायक सुवास लाखेको सुमधुर आवजमा लोकाधुनिक “झिम झिम परेली” गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । उक्तगीत “याद” एलवममा समावेस रहेको गीत छ । राकेश काफ्लेको शब्द रचनामा उमेश सुब्बाको संगीत टेकेन्द्र याक्सोको संगीत संयोजनमा भ्वाइस अफ नेपाल रेकर्डिङ्ग स्टुडियोमा दीप घतानीले रेकर्डिङ्ग गरेका हुन ।
लोकाधुनिक शैलीमा रहेको “झिम झिम परेली” गीतको भिडिओ नृत्य तथा माया प्रेम तथा रोमान्समा आधारीत रहेर निर्माण गरिएको छ ।
भिडिओमा केशव भट्टराई र मेनुका माझीले अभिनय गरेका छन । सागर पौडेल तथा टिमको छायाँकनमा रबिन तामाङ्गको नृत्य,सागर पौडेलको कलर तथा सम्पादनमा ज्ञानेन्द्र कोइरालाको कन्सेप्ट तथा निर्देशनमा भिडिओ तयार भएको हो ।
भिडिओलाइ यस.यल म्युजिक युटुव च्यानल बाट सार्वजनिक गरिएको छ । हेर्नुस भिडिओमा झिम झिम परेलीः