भुटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनका खोप काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहले भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।
भुटानले आफ्नै राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।
उक्त खोप आज विहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रुपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका सूचना अधिकारी महेश पाण्डेका अनुसार २१ बाकस खोप नेपाल आइपुगेको छ । भुटानले ‘को-भ्याक्स’ सुविधा र विभिन्न मुलुकबाट ९ लाख भन्दा बढी खोप पाएको थियो ।
भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।