छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मद्दतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्।
सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। २०१८ मा बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल टि-२०) खेल्न छनौट भएपछि सन्दिपलाई नेपालको सर्वाधिक सफल खेलाडी मान्ने गरिन्छ।
उनै लामिछानेको आज जन्मदिन परेको छ । २०५७ साल साउन १८ गते स्याङ्जाको आरुचौरमा उनको जन्म भएको हो । आजदेखि उनी २१ वर्षमा प्रवेश गरेका छन् ।
सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारत ४ कक्षासम पढ्ने क्रममा बस्दा सन्दिपको क्रिकेट खेलसंग परिचय भएको थियो।
सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा ( क्यापाचौर ) रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेटर राजु खड्काले क्रिकेट सिकाएका थिए।
रास्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणको लागि पुग्दा सन्दिपको बलिंगबाट एकै नजरमा प्रभावित भएका थिए। जसपछि आईसीसी बिश्व क्रिकेट लिग अन्तर्गत युएईसंगको खेलको लागि रास्ट्रिय क्रिकेट टिमको छनौट गर्न आयोजित सुपर लिगमा सन्दिपलाई खेल्ने मौका दिईएको थियो। सुपर लिग अन्तर्गतको एउटा खेलमा सन्दिपले ४ विकेट लिएका थिए।
उनले क्रिकेटबाट नेपाललाई विश्वका धेरै देशहरूमा चिनाउन सफल भएका छन् । राम्रो आम्दानी गर्ने सन्दीपले केहीवर्षअगाडी बुढानिलकण्ठमा एक बंगला समेत किनिसकेका छन् ।
हाम्रो तर्फबाट पनि सन्दिपलाई जन्मदिनको शुभकामना ।