अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाहिँदैन, आमा बेच्न पाइँदैन भन्दै आज माइतिघरमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय अभियान नेपालले आज एमसीसीको विरोधमा प्रदर्शन गरेको हो । अहिले प्रधानमन्त्री भएका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले एमसीसी पास गर्नुपर्ने बताउँदै आएका छन् भने धेरैले यसमा भएका केही बुँदाहरूमा आपत्ति भएको हुनाले संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडान राखेका छन् ।
करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोगको यो सम्झौता संसद्बाट अनुमोदन नभएकाले कार्यान्वयनमा आउन सकेको छैन ।
नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्झौता भए पनि विभिन्न राजनीतिक घटनाक्रमले रोकिँदै आएको छ ।
हेरौं तस्विरहरू