गायक उदित नारायण झाका छोरा आदित्य भारतीय टिभी इन्डस्ट्रीका सबैभन्दा लोकप्रिय होस्ट हुन्। उनले अहिलेसम्म धेरै ठुला रियालिटी कार्यक्रमहरू आयोजना गरिसकेका छन्। उनले टिभीमा पहिलो गायन रियालिटी सो सारेगामापा होस्ट गरेका थिए।
एक अन्तर्वार्तामा आदित्यले आफ्नो पहिलो कमाइको बारेमा भनेका छन् । उनले बलिउड लाइफसँग कुरा गर्दै भने जब मैले १८ वर्षको उमेरमा सारेगामापा कार्यक्रम चलाएर टिभीमा डेब्यू गरेको थिएँ, तब मैले ७ हजार ५०० ( नेपाली रुपैयाँ ११हजार ९९९)पाएको थिएँ । त्यस समयमा उक्त पैसा मेरो लागि ठुलो थियो। त्यसैले अहिले जब तिनीहरू आउँछन् र मलाई करोडौँ रुपैयाँ प्रस्ताव गर्छन्, म उनीहरूलाई हुन्न भन्न साह्रै दुःख लाग्छ।
आदित्यले लन्डनबाट सङ्गीतको अध्ययन गरे । भारत फर्केपछि उनले फिल्म शपितमा मुख्य अभिनेताको रूपमा काम गरे। योसँगै उनले सारागामापाको होस्टिंग सुरु गरे। उनले आफ्नो भर्खरको अन्तर्वार्तामा अब होस्टिंग नगर्ने बताएका छन् ।
टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रूपमा इन्डियन टेलिभिजनमा सन् २०२२ मेरो अन्तिम वर्ष हुनेछ । त्यसपछि म उद्घोषण गर्ने छैन । अब केही ठुलो गर्ने समय आइसकेको छ । म आफ्नो पुरानो बाचाले बाँधिएको छु जुन म अबको केही महिनामा नै पूरा गर्नेछु । इन्डष्ट्रिसँग मेरो निकै राम्रो सम्बन्ध छ ।’
गायक आदित्य नारायणले अब उद्घोषणबाट ब्रेक लिने निर्णय गरेका छन् । उनले अब आफू अन्य ठुला जिम्मेवारीतर्फ अघि बढ्ने समय आएको जानकारी दिएका छन् । उनले आफ्ना सबै बचन पूरा गरेपछि सन् २०२२ पछि उद्घोषण बन्द गर्ने बताए ।
उद्घोषण छोड्नेबारे के भन्छन् आदित्य ?
टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भने, ‘एक उद्घोषणको रूपमा इन्डियन टेलिभिजनमा सन् २०२२ मेरो अन्तिम वर्ष हुनेछ । त्यसपछि म उद्घोषण गर्ने छैन । अब केही ठुलो गर्ने समय आइसकेको छ । म आफ्नो पुरानो बाचाले बाँधिएको छु जुन म अबको केही महिनामा नै पूरा गर्नेछु । इन्डष्ट्रिसँग मेरो निकै राम्रो सम्बन्ध छ ।’
पछिको योजनाबारे कुरा गर्दै उनले भने, ‘म अर्को वर्ष टिभीबाट ब्रेक लिनेछु । मलाई एकै समयमा धेरै वटा काम गर्न रमाइलो लाग्छ तर यसले असाध्यै थकान पनि दिलाउँछ । पछिल्लो १५ वर्षदेखि म भारतीय टेलिभिजन गर्दै आएको छु र म असाध्यै आभारी छु । यो अन्य कुरामा अघि बढ्ने समय हो । मैले सानो पर्दामा उद्घोषण सुरु गर्दा किशोर थिएँ । र अब यसलाई म अर्को वर्ष पूरा गर्नेछु । म सायद एक पिता (मुस्कुराउँदै) बन्नेछु । टिभी इन्डष्ट्रिले मलाई धेरै कुरा दिएको छ – नाम, प्रसिद्धि र सफलता ।’