नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका केही नेताले अनुशासनको दायरा नाघेर जाने काम भएपनि एकताको लागि लचिलो भएको बताएका छन् ।
‘माधव नेपाल निकै पर पुगिसक्नुभएको अवस्था छ, अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस्तो अलमलको बाटो रोज्दा उहाँलाई नै घाटा छ ।’
माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश १ का नेताहरुसँग लामै कुराकानी गरेका अध्यक्ष ओली त्यसपछि सांसदहरुसँग छलफलमा बसेका थिए ।