नायिका रिमा विश्वकर्माको चर्चा सदा हुनेगर्छ । उनी पछिल्लो समय कमेडी च्याम्पियनमा होस्ट गरिरहेका कारण पनि चर्चामा छिन् ।
मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रिमा अभिनयमा खासै जम्न सकिनन् । तर उनी ‘नेपाल आइडल’ को होस्ट बनेका कारण भने निकै चर्चित बन्यो । उनको कार्यक्रम प्रस्तुतीमा भने धेरै लोभिएका छन् ।
रीमाले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने रीमा पछिल्लो समय फिल्ममा भने खासै देखिएकी छैनिन् ।
उनले ऋतु, भिसा गर्ल, भाले फाइट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । साथै उनलाई कोहलपुर एक्सप्रेसको एक गीतमा पनि देखिएको थियो ।
उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् ।उनले आफ्नो जीवनका प्रायः इभेन्टलाई सामाजिक सञ्जालका माध्यमबाट शेयर गरेकी हुन्छिन् । समय समयमा उनले निकै बोल्ड तस्बिर पनि शेयर गर्ने गर्छिन् । जहाँ फ्यानहरूले उनको सुन्दरताको प्रशंसा गरिरेहेका हुन्छन् ।
सामाजिक सञ्जालमा रीमाले शेयर गरेका केही सुन्दर तस्वीरहरू